९ भाद्र २०८२, सोमबार
Follow Us

रोनाल्डो फेरि ‘म्यान अफ द म्याच’

nepalbritain news
७ असार २०७५, बिहीबार ०२:४५

काठमाडौँ । विश्वकप २०१८ मा क्रिस्टियानो रोनाल्डोले निकै राम्रो प्रदर्शन गरेका छन्।

विश्वकपको आफ्नो पहिलो खेलमा एक्लैले तीन गोल गरेका रोनाल्डोले बुधबार राति भएको खेलमा पनि मोरोक्कोविरुद्ध निणार्यक गोल गर्दै पोर्चुगललाई विजयी बनाए।

रोनाल्डोको गोलसँगै विश्वकपको आफ्नो दोस्रो खेलमा पोर्चुगलले मोरोक्कोलाई १–० ले पराजित गरेको हो।

खेलको चौथौं मिनेटमा पोर्चुगिज स्टार रोनाल्डोले हेडरमार्फत एक गोल गरेका थिए। उनले जोवा मोटिन्होको कर्णर किकलाई हेडरमार्फत गोलमा परिणत गरे।

त्यसपछि प्रतिस्पर्धात्मक खेलमा दुबै तर्फबाट कुनै गोल हुन नसकेपछि रोनाल्डोको सुरुवाती गोलनै निर्णायक बन्न पुग्यो। विश्वकप फुटबल २०१८ को आफ्नो पहिलो खेलमा पनि म्यान अफ द म्याच बनेका रोनाल्डो दोस्रो खेलमा पनि म्यान अफ द म्याच बने।
डिसी नेपाल

धेरै पढिएको