८ भाद्र २०८२, आईतवार
Follow Us

अनलाइनमार्फत् औद्योगिक विवरण पेश गर्नुपर्ने

nepalbritain news
१७ श्रावण २०७५, बिहीबार ०४:५४

काठमाडौँ – देशभित्र सञ्चालित ठूला, मझौला तथा साना उद्योगले अब अनलाइनमार्फत् औद्योगिक विवरण पेश गर्नुपर्ने भएको छ ।

विभागले सेवाग्राहीसँग छलफल गरेर अनलाइनमार्फत् विवरण पेश गर्नुपर्ने प्रावधान अगाडि बढाएकाले उद्योगले वार्षिकरुपमा गरेको कारोबार र नाफा–नोक्सानबारे तोकिए बमोजिम विवरण पेश गर्नुपर्ने भएको हो ।

औधोगिक व्यवसाय ऐन, २०७३ को दफा १२ को उपदफा २ बमोजिम उद्योग दर्ता भएको स्थानमा वार्षिकरुपमा कारोबारको विवरण अनलाइनमार्फत् पेश गर्न सकिने प्रावधानअनुसार विभागले सबैलाई वेभसाइटमा रहेको फारम भरेर अनलाइनमार्फत् विवरण पेश गर्न आग्रह समेत गरिसकेको छ ।
विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले भन्नुभयो, “अनलाइनमार्फत उद्योग विवरण पेश गर्दा कति उद्योग सञ्चालनमा आएका छन्, के कस्ता वस्तुको उत्पादन तथा सेवा उपलब्ध भइरहेका छन् भन्नेलगायतका अद्यावधिक तथ्यांक विभागलाई उपलब्ध हुने हुँदा आगामी दिनमा रणनीति बनाउन सहज हुनेछ । ”

तोकिएको समयमा विवरण पेश नगर्ने लघु उद्योगीलाई प्रतिवर्ष रु पाँच हजार, घरेलु उद्योगलाई रु १० हजार, साना उद्योगलाई रु २० हजार, मझौला उद्योगलाई रु ४० हजार र ठूला उद्योगलाई रु ५० हजार जरिवाना गरिने विभागले जनाएको छ ।
रासस

धेरै पढिएको