२७ बैशाख २०८१, बिहीबार
Follow Us

आज आत्महत्या विरुद्धको विश्व दिवस

नेपालब्रिटेन संवाददाता
२५ भाद्र २०७५, सोमबार ०५:३७

काठमाडौं । आत्महत्या विरुद्धको विश्व दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाईँदैछ । आत्महत्या गर्नबाट रोकथाम गनर्ने उपायको खोजी र सचेतना फैलाउने उद्देश्यसहित हरेक वर्ष सेप्टेम्बर १० का दिन आत्महत्या विरुद्धको दिवस मनाउने गरिएको छ ।

आत्महत्या रोकथामका लागि अन्तर्राष्ट्रिय एसोसिएशन, आइएएसपीको आयोजना र विश्व स्वास्थ्य संगठनको सहयोगमा यो दिवस मनाउने गरिएको छ । यो वर्ष आत्महत्या रोकथामका लागि सहकार्य भन्ने मुल उद्देश्यका साथ विभिन्न कार्यक्रम गरिँदै छन् ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार विश्वमा हरेक वर्ष आत्महत्याका कारण ८ लाख भन्दा बढी मानिसको ज्यान जाने गरेको छ । हरेक ४० सेकेण्डमा एकजनाले आत्महत्या गर्ने गरेको तथ्यांकले देखाएको छ । आत्महत्या बढी हुने देशमा कम आएका भएका र मध्यम आएका भएका देश बढी रहेका छन् ।