२४ श्रावण २०८२, शनिबार
Follow Us

पिपिरी बजाउनेहरू सक्रिय, त्यसले केही असर गर्दैन : प्रधानमन्त्री ओली

नेपालब्रिटेन संवाददाता
६ आश्विन २०७५, शनिबार १५:४९

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओलीले जनताले गरेको विश्वास र भरोसालाई तलमाथि हुन नदिने बताएका छन् । साहना प्रधानको चौथो स्मृति दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले समृद्धिका लागि सरकारसँग स्पष्ट दृष्टिकोण, नीति र कार्यक्रम रहेको बताएका हुन् ।

उनले जनताको विश्वासमा धरमर ल्याउन पिपिरी बजाउनेहरू सक्रिय भएपनि त्यसले केही असर नपर्ने बताए । प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनको चरण पूरा भएकाले अब साना कुरामा नअल्मली कर्मी मौरीले झैँ समृद्धिको दायित्व पूरा गर्न सबैले मिलेर काम गर्नुपर्ने बताए ।

कार्यक्रममा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट एकताले समृद्धि र समाजवादको यात्रालाई सहज बनाएको दाबी गरे । कार्यक्रममा नेकपाका नेता झलनाथ खनाल लगायतले राजनीतिक, सामाजिक र पारिवारिक प्रतिकूलताका बीच पनि स्वर्गिय प्रधानले नेपाली राजनीतिमा उल्लेखनीय भूमिका निर्वाह गरेको बताए ।

धेरै पढिएको