२३ बैशाख २०८१, आईतवार
Follow Us

मलेसिया, थाइल्याण्ड र स्विट्जरल्याण्डमा संविधान दिवस

नेपालब्रिटेन डट कम्
६ आश्विन २०७३, बिहीबार ०५:१३

काठमाडौं । मुलुकको प्रथम संविधान दिवस एवम् राष्ट्रिय दिवसका अवसरमा मलेसिया, थाइल्याण्ड र स्विट्जरल्याण्डमा मङ्गलबार विविध कार्यक्रम आयोजना गरियो ।

मलेसियाका लागि नेपालका राजदूत नीरञ्जनमान सिंहबस्न्यात, थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारी र स्विट्जरल्याण्ड तथा संयुक्त राष्ट्रसङ्घ एवम् अन्य अन्तर्राष्ट्रिय सङ्गठनका लागि स्थायी नेपाली प्रतिनिधि दीपक धितालले नेपाली नियोगमा उक्त कार्यक्रम आयोजना गर्नुभएको थियो ।

त्यस अवसरमा राजदूतत्रयले नेपालको संविधानका विशेषताका बारेमा जानकारी दिँदै त्यसले नेपालमा दिगो शान्ति र विकासका निम्ति मार्ग प्रशस्त गरेको बताउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तीनवटै मुलुकका राजधानीस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा त्यहाँ रहेका कूटनीतिक नियोगका पदाधिकारी, सरकारी निकायका उच्च अधिकारी, गैरआवासीय नेपाली सङ्घका प्रतिनिधि र नेपाली समुदायको उपस्थिति थियो ।