२३ बैशाख २०८१, आईतवार
Follow Us

युवा ब्यवसायी राजु थापाको सफलता, बिइङ ह्युमन पोखरामा खुल्यो

नेपालब्रिटेन डट कम्
१२ आश्विन २०७३, बुधबार १४:४८

काठमाण्डौं । विश्वविख्यात क्लोथिङ् ब्राण्ड ‘बिइङ् ह्युमन’को आधिकारीक सो रुम तीन बर्षअघि नेपालमा सञ्चालन आए पछि अब देखी दोश्रो शाखाबाट आफ्नो सेवा शुरु गरेको छ । युवा ब्यवसायी राजु थापाको सकृयतमा सोरुमले पहिलो पटक नेपालमा ब्यवसाय सुरुवात गरेको हो । गत असोज ८ गते दरबारमार्गको राइजिङ मलबाट उक्त नेपालको पहिलो आधिकारीक सोरुम दरबारमार्गकै क्यापिटल मलमा सारिएको साथै सोही दिन ललितपुर स्थित पु्ल्चोकको लबिम मलमा शाखा विस्तार गरिएको छ । बिइङ ह्युमनले आज बुधवार एक विज्ञप्ति निकाल्दै सुन्दर प्राकृतिक नगरी पोखराको चिप्लेढुंगामा अवस्थित पोखरा ट्रेड मलमा बिइङ ह्युमनको अर्को एक सो रुमको उदघाटन भएको जनाएको छ ।

चिप्लेढुंगा स्थित पोखरा ट्रेड मलमा मलमा अवस्थित ‘बिइङ् ह्युमन’को आधिकारिक सोरुमको उदघाटन प्रमुख अथिति के.सी. समूहका प्रकाश के.सी. सहित बलिउडका चलचित्रमा समेत अभिनय गरेका चर्चित सुनिल थापाका साथ उधोग वाणिज्य महासंघका अध्यक्ष विश्व शंकर पालिखे, बिइङ् ह्युमन नेपाल, वस्त्र इंक प्रा.लि.का अध्यक्ष श्री राजु थापा तथा बस्त्र इंक प्रा.लि.कै निर्देशक पुर्ण बहादुर हमाल संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
thumbnail__z3a6548
फ्ल्यास मुभ डान्सका साथ फेसन सो समेत गरिएको उदघाटन समारोहमा वस्त्र इन्कका निर्देशक राजु थापाले समाजसेवाका लागि कटिबद्ध बिइङ ह्युमन तथा यसको नेपालका लागि आधिकारिक सोरुम सञ्चालक वस्त्र इन्कले बिइङ ह्युमनको पहिलो आधिकारिक सोरुम सञ्चालनका दिनहरुमा अनाथ बालबालिकाका लागि कार्यरत संस्थालाई आवश्यक सामाग्रीहरु प्रदान गरेको बताए ।
उनले भारतको चर्चित उत्पादक मन्धना इन्डस्ट्रिज तथा सलमान खान फाउन्डेसनप्रति वस्त्र इन्क आभार प्रकट गरेका छन् ।
सलमान खान फाउण्डेसन तथा यसको उत्पादक कम्पनी मन्धना इन्टस्ट्रिजसंग सहकार्य गर्दै ‘बिइङ् ह्युमन’को आधिकारिक सो रुम नेपालमा सञ्चालनमा ल्याएको हो । सन् २००७ मा फ्रान्समा खुलेको पहिलो सोरुमपछि बेल्जियम, स्पेन, बहराइन, दोहा, जेद्धाह, कुबेत, जोर्डन, संयुक्त अरब, पाकिस्तान, रियाध, भारत आदिपछि नेपाल ‘बिइङ् ह्युमन’को सोरुम सञ्चालन गर्ने पन्ध्रौं मूलुक हो ।
thumbnail__z3a6767
शिक्षा र स्वास्थ्यका लागि मुनाफा खर्चिदैं आएको ‘बिइङ् ह्युमन’को मूल अवधारणालाई पछ्याउ“दै वस्त्र इन्कले पनि ‘बिइङ् ह्युमन’का ब्राण्डको बिक्रिबाट आउने मुनाफाको केही हिस्सा (दश प्रतिशत) नेपालकै शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा सहयोग स्वरुप प्रदान गर्नेछ ।
वस्त्र इन्कले ‘बिइङ् ह्युमन’को हरेक शाखामा कम्तिमा एकजना अशक्त तथा अपाङ्लाई रोजगारी प्रदान गरिरहेको छ । ‘बिइङ् ह्युमन’ ब्राण्डका तयारी पोशाकहरुमा महिला पुरुष, बालबालिका तथा बृद्धबृद्धाका लागि हुने ज्याकेट, टिसर्ट, हुड, सर्ट, पाइन्ट, मोजा, अण्डर गार्मेन्टस, चप्पल, जुत्ता, क्याप आदि रहेका छन् ।