काठमाडौं–चितवनको भरतपुर महानगरपालिका वडा नम्वर ५ को कार्यालयमा बम बिस्फोट भएको छ ।
बुधबार बिहान शक्तिशाली सिलिण्डर बम बिस्फोट भएको छ । बम विस्फोट कसले गराएको हो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बिस्फोटका कारण वडा कार्यालय भवन क्षतिग्रस्त भएको भएपनि कुनै मानवीय क्षति भने भएको छैन ।