१२ बैशाख २०८१, बुधबार
Follow Us

कतै तपाईँको श्रीमतीलाई निन्द्रा नलाग्नुमा यस्तो कारण त होइन ?

नेपालब्रिटेन डट कम्
१६ बैशाख २०७६, सोमबार १८:४४

महिलाका लागि निद्रा नलाग्नु या निद्रा पूरा नहुनु सवेंदनशील कुरा हो । अधुरी निद्राले घरपरिवारमा समस्या समेत पैदा गर्ने गर्छ । मनोवैज्ञानिक आधारलाई आधार बनाउने हो भने जब श्रीमतीलाई राम्रोसँग निद्रा लाग्दैन, त्यसको दोस्रो दिन पति पत्नीबीच झगडा हुने गर्छ ।

कारण यस्ता छन्ः

भावुकताः भावुकता मान्छेलाई निद्रा नलाग्नेको एउटा महत्वपूर्ण कारण हो । महिला चाहे हाउसवाइफ होस् या चाहे वर्किङ, महिलाले धेरै जिम्मेवारी निभाउनुपर्ने हुन्छ । उनलाई घर, अफिस, परिवार, बच्चा सबैको ख्याल गर्नुपर्ने हुन्छ । निद्रा नलाग्नुको एउटा कारण हो कि, थोरै समयमा धेरै काम गर्नुपर्ने वाध्यता । बिहेपछि महिलाले आफ्नो बारेमा भन्दा परिवारको लागि सोच्न थाल्छिन् ।

असुरक्षित महसुसः यदि महिला आफ्नो श्रीमानसँग सुरक्षित महसुस गर्दिनन् भने उनलाई निद्रा लाग्दैन । कुनै परिस्थितिमा श्रीमान साथै भएर पनि बात नहुने स्थिति भयो भने उनलाई असहज हुने गर्छ । कुराकानी नहुँदा पनि महिलाको निद्रा हनन हुने गर्छ । मतभेद गहिरो हुँदाका साथ श्रीमानसँग निकटता कम हुन लागेपछि महिलालाई असुरक्षित महसुस हुने गर्छ । जसले उनीहरु सुत्न सक्दैनन् ।
सेक्सुअल सेटिस्फेक्सनः सन्तुष्टिले पनि महिलाको निद्रामा महत्वपूर्ण भूमिका निभाएको हुन्छ । कुनै समय कामको व्यस्तताले पति पत्नीबीच सम्बन्ध हुन पाउँदैन । थकानले पनि शारीरिक सम्पर्क नहुने स्थिति आउँछ । जब यस्तो खालको स्थितिको सृजना हुन्छ, तब महिलालाई सम्बन्धको दूरी टाढा भएको महसुस हुन्छ । श्रीमानको पूरै माया नपाउने भयले पनि पत्नीको निद्रा लोप हुने गर्छ ।

समाजः महिलाको धेरैजसो चाहना उनको घर र श्रीमानसँग टिकेको हुन्छ । घरमा पूरा नभएपछि उनीहरुलाई फिक्का महसुस लाग्न थाल्छ । सामाजिक स्थिति पनि बनेको हुँदैन । महिला केवल घर र छोराछोरीमा सीमित हुन्छन् । यसले गर्दा कुरा शेयर गर्नका लागि आफ्ना साथी पनि बनाएका हुँदैनन् । यस्ता कारणले पनि निद्रा कम बन्ने गर्छ ।
मानसिक दबाबः महिलालाई घरमा बढी प्रेसर दिँदा पनि निद्रा नलाग्ने कारण बनेको हुन्छ । घर परिवारले दिने अनावश्यक समस्याले पनि महिलामा निद्रा नलाग्ने समस्या आएको हुन्छ । उनीहरुलाई आफ्ना बुवाआमा एक्लिने हुन् कि भन्ने चिन्ता पनि रहने गर्छ ।