९ भाद्र २०८२, सोमबार
Follow Us

अन्तराष्ट्रिय पदक विजेता दिपेनलाई धिमाल युवा प्रतिभा पुरस्कार

nepalbritain news
२६ जेष्ठ २०७६, आईतवार ०१:५०

उर्लाबारी । धिमाल जातीय विकास केन्द्रले प्रदान गर्दै आएको “धिमाल युवा प्रतिभा पुरस्कार २०७६” यस वर्ष दिपेन धिमाललाई प्रदान गर्ने भएको छ।

पुरस्कार छनौट समितिको बैठकले अन्तराष्ट्रिय पदक विजेता झापा विर्तामोडका दिपेन धिमाललाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। पुरस्कृत प्रतिभालाई सम्मान पत्र, नगद ५ हजार रुपैयाँ र आल्गी धावा (धिमाल पोशाक) ओडाएर सम्मान गरिनेछ।

चीनमा सम्पन्न अन्तराष्ट्रिय तेक्वान्डो हिरो कप प्रतियोगितामा दिपेन धिमालले गोल्ड मेडल जितेका छन्, भने झापा तेक्वान्डोका च्याम्पीयन उनी पूर्वाञ्चल तथा राष्ट्रिय स्तरका प्रतियोगीता समेत जितेका छन्।

गोल्ड मेडलिष्ट दिपेन धिमाल खेलकुदको अलवा सामाजिक काममा समेत सकृय छन्। उनले सडक बालबालिका, गरिबीको चपेटामा रहेका बालबालिका र अपाङ्गता भएका बालबालिकालाई सहयोग गर्दै आएका छन्।

आफुले सञ्चालन गर्दै आएको एकेडेमीबाट प्राप्त रकमको केहि हिस्सा उनले सो क्षेत्रमा खर्चिदै आएका छन्। धिमाल समुदायका नयाँ प्रतिभाहरुलाई प्रोत्साहन गर्न हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको पुरस्कार छनौट समितिका संयोजक रहेका केन्द्रका महासचिव केदार धिमालले जानकारी दिए।

धिमाल डटकमले प्रायोजन गरेको सो पुरस्कार यसअघि राष्ट्रिय टोलीका सदस्य फुटबलर रजिन धिमाल, बडिबिल्डर विकास धिमाल र गायिका मेचु धिमाललाई प्रदान गरिएको थियो। पुरस्कार असार २ गते जात्रि समापनको अवसरमा धिमाल परियोजना स्थलमा आयोजित कार्यक्रममा प्रदान गरिनेछ।
डिसी नेपाल

धेरै पढिएको