१६ बैशाख २०८१, आईतवार
Follow Us

आज काग तिहार मनाइँदै

नेपालब्रिटेन डट कम्
१२ कार्तिक २०७३, शुक्रबार ०५:२६

काठमाडौं । हिन्दूहरूको महान् चाड तिहार आज शुक्रबारदेखि सुरु भएको छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार मनाइँदै छ । यस दिन कागलाई मिष्ठान्न भोजन खुवाइन्छ ।
कागलाई यमदूतका रूपमा लिने गरिन्छ । शनिबार कुकुर तिहार मनाइन्छ । आइतबार लक्ष्मीपूजा, सोमबार गोवद्र्धन पूजा र मंगलबार भाइटीका गरेपछि तिहार सकिने पञ्चांग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले बताए ।
पञ्चांग निर्णयक समितिले यस वर्षको तिहार (भाइटीका)को उत्तम साइत ११ः५२ बजे रहेको जनाएको छ । मंगलबार दिनभर टीका लगाउन सकिने गौतमको भनाइ छ ।