१६ चैत्र २०८०, शुक्रबार
Follow Us

युरोपेली भेला लगानी र पर्यटन प्रवद्र्धन केन्द्रित हुनेछ: एनआरएनए युरोप संयोजक बरुवाल

नेपालब्रिटेन डट कम्
८ असार २०७६, आईतवार ०७:४४

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ युरोपेली भेला अगस्ट ३ र ४ मा इटालीको रोममा आयोजना हुँदैछ । यसै सन्दर्भमा भेलाको तयारीबारे हामीले यूरोपेली क्षेत्रीय संयोजक शिवबरुवालसँग विशेष कुराकानी गरेका छौँ । जसको सम्पादितअंश यहाँ प्रस्तुत गरेका छौँ ।

१२ औँ युरोपेली भेलाको तयारी के–कसरी अघि बढीरहेको छ ?
हामीले अगष्ट ३ र ४ मा भेलागर्ने तय गरेका छौं,त्यसकालागि भेन्यु पनिटुङ्गो लगाइसकेका छौं । खासगरी अहिले नेपाल सरकारका प्रधानमन्त्री,मन्त्रीलगायतका विशिष्ट व्यक्तिहरुलाई समेत निमन्त्रणा गरिसकेका छौँ । यसका साथैउद्योग वाणिज्य संघ, पर्यटन सम्बद्ध विशिष्ट व्यक्तिलगायत यूरोपसहित विभिन्न मुलुकमा रहनुभएका एनआरएनकाअग्रज, सल्लाहकार,संस्थापकपूर्व अध्यक्षएवं विभिन्नप्रतिनिधीहरुलाई प्रत्यक्ष भेटेरै निमन्त्रणा गरेका छौँ । आर्थिक पाटो सबैभन्दा महत्वपूर्ण भएकोले त्यसको व्यवस्थापन, आउने पाहुनाको व्यवस्थापन लगायतका कामहरुको पनिहामीले तयारी गरिरहेका छौँ ।

यस भेलाको मुख्य उद्देश्य के हो ?

लगानी र पर्यटन प्रवद्र्धन यस पटकको भेलाको मुख्य केन्द्रविन्दुुमा रहनेछन् । पहिलो कुरा त नेपाल सरकारले अघि सारेको समृद्ध नेपालनिर्माणमा आ–आफ्नो स्थानबाट योगदान गर्न प्रोत्साहन गरी नेपालमा लगानीका लागि उपयुक्त वातावरण बनेको छ भन्ने सन्देश प्रवाह गर्ने हाम्रो लक्ष्यहो । यसका साथै नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० को प्रचारप्रसार गर्ने उद्देश्य समेत हामीले राखेका छौँ । नेपालमा पर्यटनको क्षेत्रमा अथाह सम्भावनारहेको छ तसर्थ यूरोपमा रहेका नेपालीमात्रै नभई त्यहाँका नागरिकलाई पनि हामीले नेपाल भ्रमणका लागि अनुरोध गर्नेछौँ ।

भेलामा के कस्ता विषयवस्तुमा छलफल हुनेछ ?
विशेषतःलगानी र पर्यटन प्रवद्र्धनमा हामी केन्द्रित रहनेछौँ । यस बाहेकयो क्षेत्रीय भेला भएकाले यूरोपेली क्षेत्रमा रहेका गैरआवासीय नेपाली समुदायले भोग्नु परेको समस्या रत्यसको समाधानका विषयमा व्यापक छलफल गरिनेछ । यसका साथै यूरोपस्थितविभिन्न राष्ट्रिय समन्वय परिषदहरुले भोग्नुपरेको समस्या र आगामीदिनमाआयोजनाहुने एनसीसीकाअधिबेशनका विषयमापनि छलफल हुनेछ । र अर्को महत्वपूर्ण विषयभनेको अक्टोबरमा नेपालमा आयोजनाहुन गइरहेको ग्लोबल कन्फरेन्स् सम्बन्धी गहनविषयमा पनि गम्भीरतापूर्वक छलफल गर्नेछौँ । साथै यूरोपेली क्षेत्रमा रहेका नेपालीका ज्ञान सीप र क्षमता नेपालमा भित्र्याउने सरकारको रणनीति र त्यसमा हाम्रो भूमिकाबारे पनि छलफल गर्नेछौँ । अर्को महत्वपूर्ण कुरा भनेको गैरआवासीय नेपाली संघको सञ्जाल ८० वटा मुलुकमा पुगीसक्दा पनि हाम्रो संघमा आवद्ध ७० हजार नेपालीमात्रै छन् तसर्थ सो संख्यालाई कसरी वृद्धि गर्ने, भएकाको व्यवस्थापन के कसरी गर्ने भन्ने विषयमा पनि हामीले छलफल गर्नेछौँ । र हामीसँगअझै पर्याप्त समय भएकाले पनिथप एजेन्डाबारे हामी गृहकार्य गरिरहेका छौँ ।

विगतमा हुने भेलाभन्दा यस पटकको भेलामा के भिन्नता रहनेछ ?
खासगरी क्षेत्रीय बैठक भएकाले पनि यसअघि हामीले यूरोपमा रहेका गैरआवासीय नेपाली समुदाय केन्द्रित विषयमा छलफल गथ्र्यौ, स्वभाविक रुपमा यसपटक पनि यी विषय हाम्रो प्राथमिकतामा छन् तर अहिले भने हामीले बढी जोड दिएको विषयभनेको लगानी र पर्यटन प्रवद्र्धन नै हो । यसर्थ पनि यसपटकको भेलाबिगतको भन्दा पृथक हुने अपेक्षा हामीले राखेका छौँ ।

भेलाका कति प्रतिनिधी सहभागी हुनेछन् ?
यूरोपका २८ राष्ट्रिय समन्वय समितीका पदाधिकारी, नेपाल सरकारका विशिष्ट व्यक्तित्व, एनआरएनअग्रज, सल्लाहकार, संस्थापकतथापूर्व अध्यक्ष, वर्तमान अध्यक्षलगायतविभिन्न पदाधिकारीको उपस्थिती भेलामा रहनेछ । यसका साथै मध्यपूर्व, अष्ट्रेलिया, अमेरिका लगायत विभिन्न मुलुकबाट समेत एनआरएन लगायत पत्रकार र कलाकार गरी करीब ५ सय जना प्रतिनिधी सहभागीहुने अपेक्षा हामीले राखेका छौँ ।

अन्त्यमा के भन्न चाहानुहुन्छ ?
यसपटक बैठकमार्फत हामीले तय गर्ने निर्णयहरुले समग्र संस्थालाई संस्थागत गर्न मात्रै नभई मुलुककै समृद्धिमा समेत योगदान दिन सफलहुने अपेक्षा हामीले राखेका छौँ । नेपालमा लगानी, पर्यटन, ज्ञान सीप र दक्षता भित्र्याउने सन्दर्भका विविध विषयमा हामी सबै मिलेर घनीभूत रुपमा छलफल गर्न गइरहेका छौँ । तसर्थ यस १२ औँ यूरोपेली भेलामा सहभागीभई आफ्ना महत्वपूर्ण विचार र धारणा आदानप्रदान गर्न म सम्पूर्ण गैरआवासीय नेपाली समुदाय, सम्बद्ध व्यक्ति सबैलाई विशेष अनुरोध गर्दछु ।