१ जेष्ठ २०८१, मंगलवार
Follow Us

लागूऔषध कारोवारी युवतीसहित पाँचजना पक्राउ

sarusaru
२२ पुष २०७६, मंगलवार ०६:१८

धनगढी : कैलाली प्रहरीले लागूऔषध ब्राउन सुगरको कारोवारमा संलग्न भएको आशंकामा एक युवतीसहित पाँचजनालाई पक्राउ गरेको छ। धनगढी उप-महानगरपालिका-१ को अदालत पछाडि लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा पाँचैजनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ पर्नेमा धनगढी उप-महानगरपालिका-१ का २२ वर्षीय समिर घिमिरे, २६ वर्षीय सौगात बोन सिजापती, २३ वर्षीय रोहित नेपाली, ३० वर्षीय रोशन सिंह र २० वर्षीया अस्मि ढुंगाना रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

उनीहरुको साथबाट तीन ग्राम ती सय ४० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ । पाँचैजनाविरुद्ध लागूऔषधको मुद्दा दर्ता गरी अनुसन्धान सुरु भइरहेको जनाएको छ ।
अन्नपूर्ण पोष्ट