२९ बैशाख २०८१, शनिबार
Follow Us

युक्रेनको १८० यात्रु बोकेको जहाज इरानमा दुर्घटना

नेपालब्रिटेन संवाददाता
२३ पुष २०७६, बुधबार ०५:०९

तेहरान । युक्रेनको एउटा यात्रुवाहक बिमान इरानमा दुर्घटनाग्रस्त भएको छ । उक्त विमानमा १८० जना यात्रु सवार थिए । समाचार एजेन्सी रोयटर्सका अनुसार युक्रेन इन्टनेशनल एयरलाइन्सको यो विमान ७३७ विमान इरानको इमाम खामेनेइ हवाइ अड्डाबाट उडान भर्नेवित्तिकै दुर्घटनाग्रस्त भएको थियो ।

इरानी समाचार एजेन्सी फोर्सका अनुसार प्राविधिक समस्या भएपछि विमान दुर्घटनामा परेको हो । सुरुवाती रिर्पोटमा भनिएको छ, विमान युक्रेनको राजधानी किएफका लागि उडेको थियो । उद्दार टोली दुर्घटनास्थलमा पुगिसकेका छन् । इरानको संकटकाल सेवाका प्रमुख पिर हुसेन कुलिबन्दले समाचार एजेन्सी रोयटर्सलाई दिएको समाचारअनुसार बिमानमा आगो लागेको थियो । सम्भवतः केही यात्रुलाई बचाउन सकिन्छ ।