३१ बैशाख २०८१, सोमबार
Follow Us

भीरबाट लडेर दुईको मृत्यु

sarusaru
२८ पुष २०७६, सोमबार ०९:०३

रुकुम : सल्यानमा भीरबाट लडेर एकै गाउँका दुई जनाको मृत्यु भएको छ । जिल्लाको दार्मा गाउँपालिकामा लडेर दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा गाउँपालिका–४ मसिनेका ५५ वर्षीय दलबहादुर बोहरा र सर्सुखोलाका २४ वर्षीय गणेश रावत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।

बोहराको स्थानीय लाखुरेडाँडा र रावतको भैँसीटाकुरीबाट लडेर मृत्यु भएको उनले बताए । मदिरा सेवन गरेका कारण लडेर उनीहरुको मृत्यु भएको डिएसपी खतिवडाको भनाइ छ ।
अन्नपूर्ण पोष्ट