८ बैशाख २०८१, शनिबार
Follow Us

भीमकाय शरीर भएकी महिलाको खोजी

नेपालब्रिटेन डट कम्
८ माघ २०७६, बुधबार १३:४६

२७ वर्षीया पाकिस्तानी वेटलिफ्टर उनको भीमकाय शरीरलाई मिल्ने पत्नीको खोजीमा छन् ।
४४४ केजीका वेटलिफ्टर आफ्नी दुलही कम्तीमा पनि सय किलोको चाहन्छन् तर त्यस्ती युवती नपाउँदा उनले तीन सय प्रस्ताव अस्वीकार गरिसकेका छन् ।
खैबर पख्तूनख्वा प्रदेशमा पर्ने मरदानमा बसोबास गर्ने अरबाब खिजर हयातले आफ्नो वजनका कारण विवाह हुन नसक्दा हैरान छन् ।

हयातलाईमात्र होइन उनको परिवारलाई आफ्नो घरकी बुहारीको वजन कम्तीमा १०० किलो हुनुपर्ने लाग्छ । तिनको विचारमा दुलाहा दुलहीबीच धेरै भिन्नता भयो भने जोडी जम्दैन ।
परिवार त अझ अरबाबकी दुलहीको उचाई पनि ६ फिट चार इन्च होस् भन्ने चाहन्छ । हयातको उचाई ६ फिट ६ इन्च छ ।
यस अतिरिक्त, युवतीलाई राम्रो खाना बनाउन आउनुपर्छ । हयातले दैनिक हजार क्यारोरी भएको खाना खान्छन् । उनी दैनिक ३६ वटा त अण्डा खान्छन् ।