लन्डन । सपन इन्टरटेनमेन्टद्धारा यूकेमा पहिलो पटक आयोजना गरिएको ‘यूके डान्स अफ’ नृत्यको विजेता जेनी सुनुवार भएकी छन् । शनिवार सामुयल कोडी स्पोर्टस सेन्टर, फार्नबोरोमा आयोजित प्रतियोगितमा ८ जना प्रतिस्पर्धीहरुलाई उछिनेर उनले सो टाइटल हात पारेकी हुन् । नेपालकी चर्चित कोरियोग्राफर रिनासा बान्तवा राई, मिलन चाम्स् लगायतको निर्णायक मण्डलले प्रतियोगिताको दोश्रो स्थानमा काजल गुरुङ, तेश्रो पुनम गुरुङ र रिजा, नेहा, एन्जोल समूह भएको घोषणा गरेको थियो ।
पब्लिक ज्वाइस अन्तरर्गतको टाइटल पहिलो स्थानमा जेनी गुरुङ, दोश्रो कागज गुरुङ र तेश्रो प्रतिष्ठा त्रिपाठीले हात पारे ।
प्रतियोगितामा प्रथम हुने १२ सय पाउण्ड, दोश्रो हुनेले ८ सय पाउण्ड र तेश्रो हुनेले ५ सय पाउण्ड नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरे । विजेतालाई वेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले लगायतले नगद तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
यसअघि प्रतियोगिताको उद्धघाटन प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी, गैरआवासीय नेपाली सँघ यूकेका अध्यक्ष मुछेत्र गुरुङ लगायतले गरेका थिए । प्रतिष्पर्धामा आर्टिष्ट कल्चर ग्रुप, सविता एण्ड ग्रुप, जेनी सुनुवार, काजल गुरुङ,
रिचा एण्ड स्नेहा, पुनम गुरुङ, श्रद्धा छन्त्याल, प्रतिष्ठा त्रिपाठी, योजना थापा र प्रमिला तामाङले भाग लिएका थिए ।
नृत्य प्रतियोगितामा चर्चित नायिका प्रियंका कार्कीले विशेष प्रस्तुति दिएकी थिइन् ।
‘यूके डान्स अफ’ को अन्तिम प्रतिष्पर्धाका लागि गत १२ नोभेम्बरमा सम्पन्न अडिसनबाट एकल र समूह गरि १० टिम छानिएका थिए् । आयोजकले
सहभागीको नृत्य युट्युबमा राखेका थिए । फाइनल प्रतियोगितमा त्यस युट्युब भिडियोबाट
२५ प्रतिशत, अडियन्सबाट २५ प्रतिशत र निर्णायक मण्डलबाट ५० प्रतिशत अंक प्रदान गरिएको थियो ।
फोटो – बिरेन्द्र श्रेष्ठ
प्रतिक्रिया