१२ बैशाख २०८१, बुधबार
Follow Us

दुःखद समाचारमा शेयर र लाइकको लोभ किन्?

नेपालब्रिटेन डट कम्
२६ चैत्र २०७६, बुधबार १७:५३

केशब श्रेष्ठ ।

म हाल बेलायतमा रहेर कोरोनाभाईरसले उत्पन्न पारीरहेको संकटलाई प्रत्यक्ष रुपमा अध्ययन गरिरहेको छुं । सरकारी अनुमानलाई आधार मान्ने हो भने बेलायतमा लाखौंं मानिषहरुलाई यो रोग लाग्ने संभावना छ भने मृत्‍युको संख्या बिस हजार भन्दा कम राख्ने सरकारको लक्ष रहेको छ । यो समाचार लेख्दा सम्म ५५२४२ जनालाई कोरोनाभाईरस लागिसकेको छ भने मृत्‍यु संख्या ६१५९ पुगिसकेको छ । यो संख्या कोरोनाभाईरसको लक्षण देखेर आफ्नै घरमा आइसोलेसनमा बसेका ब्यक्तिहरु बाहेकको हो । त्यसैले यसको संख्या निकै धेरै भएको अनुमान रहेको छ ।

लेखक

नेपालमा जस्तै जनतालाई उत्तेजित पार्ने उद्देस्य सहित समाचार तयार पार्ने र प्रस्तुत गर्दै जाने हो भने बेलायतमा अहिले सम्म ठुलै बिद्रोह भइसक्ने थियो होला । तर यहाँं पत्रकारहरुले आफ्नो सिमा रेखा, देश प्रतीको जिम्मेबारी र कर्तब्य बुझेका छन त्यसैले सत्य र तथ्य कुराहरुलाई जनता सम्म पुर्‍याउनु पत्रकारिता क्षेत्रमा रहेका ब्यक्तिहरुको कर्तब्य हो भन्ने कुरामा विश्वाश राख्दछन । आधारहिन कुरालाई मनोगत ढंगबाट प्रस्तुत गरी जनतालाई उत्तेजित पार्नु देश र जनता बिरुद्द गरिएको अपराध हो भन्ने सोच्दछन ।

बेलायतको सन्दर्भमा भन्नु पर्दा पुंजिबादी र खुला अर्थनितीमा आधारित ब्यबस्था भएको कारण कोरोना भाइरस सम्बन्धी निर्णय लिन धेरै ढिलाई भएको देखिन गएको छ । चाइनामा कोरोनाभाइरसले आतंक मच्चाइरहंदा नेपाल जस्तो गरीब देशले चाईनिज लगायत चाईनाबाट आउने पर्यटकहरुलाई नेपाल आउन प्रतिबन्ध लगायो । क्रमस: अरु संक्रमित युरोपियन देश लगायतका पर्यटकहरुलाई समेत प्रतिबन्ध लगायो । तर बेलायत सरकारले रोक्नु त कता हो कता आएकाहरुलाई सामान्य जांच समेत गरेन । जसले गर्दा एक पछी अर्को रोगिहरु भित्रिंदै गए ।

बेलायत सरकारले चाईना र इटलीमा रोग फैलिरहंदा त्यहांका रोगिहरुलाई त भित्रन दियो नै तर त्यसको बिरुद्द लडन कुनै तयारी समेत गर्न सकेन । यो रोग फैलिन सुरु हुंदा सम्म पनि उनिहरु अब के गर्ने त ? भन्ने बिषयमा अलमल नै भईरहेको देखिन्थ्यो । डाक्टर र नर्सहरुलाई समेत आबस्यक ब्यक्तिगत सुरक्षा साधन (personal protective equipment) उपलब्ध गराउन सकिरहेका थिएनन ।अझै सम्म हजारौं भेन्टिलेटरको आबस्यक छ त्यो कहांबाट ल्याउने भन्ने बारेमा सरकार अन्यौल छ । भेन्टिलेटर उपलब्ध भईहालेमा पनि त्यसलाई चलाउन जान्ने दक्ष जनशक्तिको अभाब छ । बिरामी राख्न अस्पातलमा बेडको कमी छ । त्यस माथि पनि हजारौं डाक्टर र नर्सहरुको अभाब छ । धनी राष्ट्र भनेर के गर्नु, मुखमा लगाउने माक्स समेत सरकारले उपलब्ध गराउन सकिरहेको छैन ।

इमर्जेन्सिको लागि भनेर दिएको नम्बर १११ मा फोन गर्दा समेत हतपत उठदैन । कथंकदाचित फोन उठाएतापनी वेबसाईटको माध्यमबाट जानकारी लिनु वा दिनु भनिन्छ । यहाँं सम्मकी कोरोनाभाइरस देखिएका र रोग लागेका ब्यक्तिहरुलाई समेत आफ्नै घरमा क्वारेन्टाईनमा बस्न र रोगसंग लडन सुझाव दिंदै घरमा फर्काउने काम गरिरहेका छन । तर बेलायतको घरको बनावट र मानिसको अवस्थालाई ध्यानमा राखेर सोच्ने हो भने घरमा अलग्गै बस्ने संभावना नै छैन । यसले गर्दा रोग अझ बढीरहेको छ । तरै पनि यहाँंका जनताहरु संयमित भएर सरकार र नेसनल हेल्थ सर्भिस (NHS) ले दिएको सुझाबलाई पालना गरेर अत्याबस्यक कामभन्दा बाहेक घरभन्दा बाहिर निस्किरहेका छैनन ।

कोरोनाभाईरसको औषधी नभएको अवस्था र यसले पारीरहेको क्षतिको कारण यहाँंका जनता चिन्तित त छन नै तर कसैले कसैलाई उत्तेजित पार्ने गरिरहेका छैनन । बरु रुघा खोकिको जस्तै लक्षण देखिने यो रोगको बिरुद्ध रुघा खोकी नै नलाग्ने औषधी खानु भनेर एक दोस्रोलाई सल्लाह दिइरहेका छन । एकले अर्कोलाई सान्त्वना दिन उनिहरु भनिरहेका छन “रोग संग लडन सक्ने क्षमता नभएका ब्यक्तिहरु यो भन्दा पहिले वार्षिक हजारौं संख्यामा मर्ने गर्दथ्यो त्यसैले डराउनुं पर्दैन । रोग संग लडन सक्ने क्षमता भएका ब्यक्तिलाई यसले केही गर्न सक्दैन ।”

नेपालको सन्दर्भमा भन्ने हो भने कोरोनाभाइरस लागेका ब्यक्तिको संख्या नौ, निको भएर जानेको संख्या एक र मृत्‍यु संख्या सुन्य छ । एक हिसाबले भन्ने हो भने यो संख्या अन्य देशको तुलनामा नगन्य छ । तसर्थ भन्न सकिन्छ सरकारले लिएको नितिको कारण नै अहिले सम्म यसलाई नियन्त्रणमा राख्न सकेको हो अन्यथा भयाबह परीस्थिती नेपाली जनताले सामना गर्नुपर्दथ्यो भन्दा अतिसयोक्ती नहुन सक्छ । नौ जना रोगी भेटिएको सवालमा पनि बिचार बिमर्श गर्ने हो भने पनि “न त ति रोगीहरुले जानाजान गरेको देखिन्छ न त सरकारको अकर्मन्यताको कारण भएको हो भन्ने देखिन्छ” । तरै पनि जनतालाई उत्तेजित पारेर ब्यक्तिगत र राजनीतिक फाईदा उठाउन खोज्नेहरु भन्दैछन “रोग थोरै देखिनुको कारण ब्यापक रुपमा जांच नगर्नु हो” । यसलाई सत्य मानेर जांच सुरु गर्ने हो भने अब क-कसलाई जांच गर्ने त भन्ने बारेमा प्रश्न उठन सक्दछ । यो रोगको लक्षण देखिएका ब्यक्तिहरुको त नेपालमा जांच भइरहेको नै छ । रोग देखिएकाहरुलाई निकोपार्न स्वस्थ कर्मिहरुले सक्दो प्रयास पनि गरिरहेकै छन भने उनिहरुलाई सोध्नै पर्ने हुन्छ “के अब तपाईंहरुको मन राख्न रोगको कुनै लक्षण नै नदेखिएका ब्यक्तीहरुको जांच सुरु गर्नु पर्‍यो ? होईन भने के तपाईंहरु नेपालमा हजारौं लाखौंं जनतामा कोरोनाभाइरस नदेखिएको कारण दु:खी हुनुभएको त होईन ?

यहाँं सोचनिय कुरा के छ भने, रोगको लक्षण भएकाहरुलाई तुरुन्त जाँच्न बेलायत जस्तो धनी राष्ट्रले पनि सकिरहेको छैन भने रोगको लक्षण समेत नभएको ब्यक्तिहरुलाई समेत जांच्दै हिडन सक्ने क्षमता नेपाल सरकारको छ कि छैन ?

कोरोनाभाइरस र यसबाट बच्ने उपाय के हो भनेर सचेत पार्ने कामलाई सबैले निरन्तरता दिईरहेको छ, लकडाउन गर्नुपरेको कारण पनि सबैलाई थाहा छ । यसलाई पालना गर्दा जन धनको क्षती कम हुन्छ भन्ने चाईनाको अनुभबबाट पनि लिन सकिन्छ । तर सरकारको तर्फबाट यसलाई पालना गराउने क्रममा कडा रुप अपनाउंदा पनि बिरोध गर्ने र नरमपना देखाउंदा पनि बिरोध गर्ने नेपाली सोच भने बुझी नसक्नु भएको छ ।

बिरोध गर्ने पनि केही सिमा र तरिका हुन्छ । बिदेशमा रहेका नेपालीहरुलाई देश फर्काउने काम नगरेर सरकारले उनिहरुको जीवन माथि खेलवाद गर्‍यो भनेर बिरोध गर्ने, अनी ल्याउंदा पनि रोगीहरु ल्याएर नेपालीहरुको जीवन माथि खेलवाद गर्‍यो भनेर बिरोध गर्ने ? भारतको भुमी बाट नेपालमा आउन नदिंदा पनि बिरोध गर्ने, आउन दिएर उनिहरुको जीवनको रक्षार्थ क्वारेन्टाइनमा राख्दा पनि बिरोध गर्ने ? क्वारेन्टाइनबाट भाग्ने अनी भाग्यो भनेर पनि बिरोध गर्ने ? आफ्नो ईलाकामा रोगिहरु राख्न क्वारेन्टाईन बनाउन नदिने । अनी त्यही ईलाकामा बिरामी फैलिन थालेपछी आफ्नो ईलाकामा बिरामीको लागि क्वारेन्टाईनको ब्यबस्था गरेन भनेर बिरोध गर्ने ? वा रे वा नेपाली बुद्दिजिबी र यहाँंका सचेत भनिएका राष्ट्रको चौथो अंग पत्रकार जगत । तपाईहरुको लीला अपरम्पार ।

स्वास्थ कर्मिहरुलाई आबस्यक सामाग्री पुगेन भने, माग गर्ने र संभाबित रोगको बारेमा सचेत गराउंदै त्यसको निम्ती आबस्यक सामाग्री समयमा नै जम्मा गरी राख्नु भनेर दवाब दिने बिषय एउटा हो तर जनसम्पर्कमा आउंदा रोग सर्न सक्ने सम्भावना भएका ब्यक्ती लगायत राहत सामाग्री बितरण गर्न गएकाहरुलाई सरकारसंग तत्काल उपलब्ध भएको एक पटक प्रयोग गरिसकेपछी फाल्नु पर्ने एउटा माक्स बितरण गरेको बिषयलाई पनि सरकारको बिरोध गर्ने नाममा जनतालाई उत्तेजित पार्ने खालको समाचार बनाएर आफ्नो संचार माध्यमबाट प्रस्तुत गर्ने ?

हुनत यस्तो समाचार प्रस्तुत गर्दा शेयर र लाइक त धेरै पाउनसकिएला, पैसा पनि कमाउला तर बर्तमान अवस्थामा पत्रकारिता क्षेत्रमा लागेका ब्यक्तिहरुले जनतालाई उत्तेजित पार्ने उद्देस्यले समाचार प्रस्तुत गर्नु गलत हो ।

प्रजातान्त्रिक देशहरुमा जनताले चुनेका ब्यक्ती नै मन्त्री हुन्छन । उसले बनाएका समितिहरुमा को को राख्ने भन्ने बिषय उसैको क्षेत्राधिकार भित्र पर्छ । तर त्यसमा भ्रस्टाचारमा मुछिएका ब्यक्तीहरु नपरुन भनेर सचेत हुनु र कुनै पनि बिषयमा निर्णय गर्दा सम्बन्धित बिषयका ज्ञाता ब्यक्तिहरुसंग छलफल गरेर निर्णय गर्दा देशको हित हुन सक्दछ भन्ने कुरा उसले बिर्सनु हुंदैन ।

यो सरकार दुई तिहाई सहित सत्तामा पुगेको छ । राम्रो काम गरेर देखाउने बातावरण पनि अहिलेको सरकारले जस्तो नेपालको ईतिहासमा कसैले पाएको छैन । यस्तो अवस्थामा राम्रो काम गर्नुको सट्टा भ्रस्टाचार गर्न उद्दत हुंदा ईतिहासको पानामा कलंकित सरकारको रुपमा उल्लेखित हुने कुरामा कसैको दुईमत हुन सक्दैन ।