१५ चैत्र २०८०, बिहीबार
Follow Us

बेल्जियम,नेदरल्यान्डस र लक्जम्वर्गका नेपालीहरुको अबस्था कस्तो छ ? (लाईभ बहस)

नेपालब्रिटेन डट कम्
९ बैशाख २०७७, मंगलवार १८:४७

बार्सिलोना। कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण युरोप संकटग्रस्त देखिन्छ। झण्डै डेढ महिना यतादेखि युरोपेली मुलुकहरु कोरोना नियन्त्रणका लागि लडिरहेका छन्। युरोपमा सबैभन्दा लामो समयदेखि ईटालीले सामाना गरिरहेको छ। तर सबैभन्दा बढी कोरोना संक्रमित मुलुक भने स्पेन बनेको छ। यहाँ २ लाखभन्दा बढी मानिसहरु संक्रमित भएका छन्। फ्रान्स,बेलायत,जर्मनी,स्विटजरल्याण्ड, बेल्जियम लगायतका देशहरु अहिले कोरोना प्रकोपको संकटसँग जुधिरहेका छन्।

युरोपका केही राष्ट्रले काेभिड–१९ राेकथामका लागि जारी लकडाउनलाई केहि खुकुलो पार्न सुरु गरेका छन् । युरोपकै अति कडा लकडाउन जारी स्पेनले आगामी सातादेखि बालबालिकाहरुलाई उमेर समुहअनुसार,छुट्टाछुट्टै समय तोकेर बाहिर निस्कन पाउने कार्यतालिका सार्बजनिक गरेको छ। तर मे ११ तारिखसम्म भने लकडाउन जारी रहेको छ।

जर्मनीले साना पसल खोल्न सुरु गरेको छ। नर्वेले साना बालबालिकाका लागि विद्यालय खुला गरेको बताईन्छ। चेक गणतन्त्रमा व्यापारका लागि हवाईमार्ग सुचारु गरिएको छ। पोल्यान्डले पार्कहरु खुल्ला गरेको छ। तर कोरोनाकै कारण युरोपमा सबैभन्दा बढी मानिसहरुको मृत्यु भएको इटालीमा भने मे ३ पछि ‘दोस्रो चरण’ को लकडाउन तयारी गरिरहेको बताईन्छ। फ्रान्स पनि अझै केही साता कडाइ गर्ने सोचमा नै छ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार डिसेम्बर अन्तिममा चीनको हुबेई प्रान्तस्थित वुहान सहरबाट फैलिएको कोभिड–१९ संक्रमणका कारण मंगलबार बिहानसम्म विश्वभर झन्डै २५ लाख संक्रमित पुष्टि भइसकेका छन् भने १ लाख ७० हजार ८ सय २९ जनाले ज्यान गुमाइसकेका छन्। युरोपमा मात्र १२ लाखभन्दा बढी संक्रमित भेटिएका छन् भने १ लाख बढी मानिसको ज्यान गुमाईसकेका छन्।

हामीले युरोपमा रहेका नेपाली समुदायको अबस्थालाई मध्यनजर गर्दै एनआरएन टकको लाईभ प्रसारण जारी राखेका छौ। यसअघि इटाली,स्पेन,पोर्चुगल,साईप्रस र स्विट्जरल्याण्डस्थित नेपाली समुदायका अगुवाहरुसँग छलफल गरिसक्यौ। आजको कार्यक्रम बेनेलक्स क्षेत्रका लागि केन्द्रित रहने छ।अर्थात् बेल्जियम,नेदरल्यान्डस् र लक्जम्वर्ग़का नेपालीहरुको अबस्थाबारे हामीले बुझ्ने कोशिस गर्नेछौ।

हामीसँग गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सहकोषाध्यक्ष,बेल्जियम निबासी ब्यबसायी लोकप्रसाद दाहाल,एनआरएनए बेल्जियमका अध्यक्ष चित्र सुबेदी, एनआरएनए नेदरल्याण्डसका अध्यक्ष श्रीराम कडेल र एनआरएनए लक्जम्वर्ग़का अध्यक्ष हरि खत्री जोडिनुभएको छ।

(पत्रकार बसन्त रानाभाटले संचालन गर्दै आएको कोभिड-१९ बिशेष एनआरएन टकको छैटौ श्रृंखला)