१२ बैशाख २०८१, बुधबार
Follow Us

बेलायतमा फेरी अर्को एक नेपालीले कोरोनाबाट ज्यान गुमाए

नेपालब्रिटेन डट कम्
१० बैशाख २०७७, बुधबार १८:१८

लण्डन । कोरोना भाइरसको संक्रमणबाटै बेलायतमा थप एक गैरआवासीय नेपालीले ज्यान गुमाएका छन् ।

लण्डनको वेम्बली क्षेत्रमा बस्ने ४८ वर्षका आइतबहादुर गुरुङको बुधबार लण्डनको ‘नर्थविक पार्क अस्पताल’मा उपचारकै क्रममा निधन भएको हो ।
उनी अघिल्लो साताको मंगलबार अस्पताल भर्ना भएका गुरुङको बुधबार बिहान निधन भएको वताएको छ ।

यसअघि नै उनमा कोरोनाको संक्रमण पुष्टी भइसकेको पारिवारीक स्रोतले जनाएको छ ।

सन् २००७ मा हंककंगबाट बेलायत आएका गुरुङ श्रीमती र एक्ला छोराका साथ बेलायतमा बस्दै आएका थिए । उनी लमजुङको पोखरीथोकमा जन्मिएका थिए ।