६ फाल्गुन २०८२, बुधबार
Follow Us

१ सय २७ नेपालीको लाश विदेशमै, उतै अन्त्यष्टी गर्नु : नेपाल सरकार

नेपालब्रिटेन डट कम्
२९ बैशाख २०७७, सोमबार १७:५६


पटकपटक छलफल गर्दा पनि सुनुवाई भएन

लण्डन । वैदेशिक रोजगारीमा गएका १ सय २७ नेपालीको लास विदेशमै अलपत्र परेको भेटिएको छ ।

कोभिड १९ को महामारीलाई नियन्त्रण गर्नका लागि नेपाल सरकारले अन्तर्राष्ट्रिय उडान बन्दसँगै लकडाउन गरेपछि श्रमस्वीकृति लिएर वैदेशिक रोजगारमा गएका १ सय २७ जनाको मृत्यु भएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

मृत्यु हुने मध्ये ४ जना कोरोना भाइरसका कारण मृत्यु भएका भएपनि अन्यको अरुनै कारण मृत्यु भएको हो ।

बोर्डका अनुसार सबैभन्दा धेरै साउदी अरवमा ३३ जना नेपालीको मृत्यु भएको छ ।

विदेशमा मृत्यु हुने अधिकांशको शव स्वदेश आउन सकेको छैन । वोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठका अनुसार मृत्यु हुने मध्ये ६ जनाको अत्यष्टी त्यही देशमा भइसकोको छ ।

बोर्डलाई प्राप्त जानकारी अनुसार यूएईमा २ जना, टर्कीमा १ जना र साउदीमा १ जना कोरोना भाइरसका कारण मृत्यु भएको हो ।

वोर्डका अनुसार अहिलेसम्म मृत्यु हुनेमा मलेसिया दोश्रो छ, जहाँ ३० जनाको मृत्यु भइसकेको छ । वोर्डले लकडाउनको अवस्थामा सम्बन्धित देशमा नै शवको अन्त्यष्टी गर्नका लागि मृतकका आफन्तलाई अनुरोध गरेको छ ।

यसैबीच विदेशमा अलपत्र परेका नेपालीहरुको लाश नेपाल फिर्तिको लागि गैरआवासीय नेपाली संघले सकृयता देखाएको छ । संघका उपाध्यक्ष तथा वैदेशिक रोजगार विभागका प्रमुख डा. बद्री केसीका अनुसार संघले विदेशमा रहेका नेपालीको फिर्ति र अलपत्र परेका लाशहरुको व्यवस्थापनको लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसंग छलफल गरेको हो ।

संघसंग दुई चरणमा भएको छलफलमा मन्त्री ज्ञवालीले अन्तराष्ट्रिय लकडाउनका कारणले विदेशमा रहेका नेपालीहरुको फिर्तिमा ढिलाई भएको बताउँदै धैर्य गर्न आग्रह गरेका थिए ।

उनले प्रथामिकताका आधारमा नेपालीहरुलाई नेपाल फिर्ता आउने वतावरण तयार गरिने वताएका थिए ।

वैदेशिक रोजगार विभागको तथ्यांकमा कोरोनाका कारण वेलायत र अमेरिकामा निधन भएका नेपालीहरुको संख्या समावेश गरिएको छैन् ।

वैदेशिक रोजगारीका क्षेत्रमा कुन देशमा कतिको मृत्यु भयो ?

साउदी अरव – ३३ जना
मलेसिया – ३० जना
कतार – २६ जना
यूएई – २४ जना
कुवेत – ७ जना
दक्षिण कोरिया – २ जना
बहराईन – १ जना
सेसेल्स – १ जना
साइप्रस – १ जना
टर्की – १ जना
ओमान – १ जना

धेरै पढिएको