२० बैशाख २०८१, बिहीबार
Follow Us

घरेलु मैदानमा म्यानचेस्टर सिटीको लाजमर्दो पराजय

नेपालब्रिटेन संवाददाता
१२ आश्विन २०७७, सोमबार ०४:०७

लन्डन । इंग्लिस प्रिमियर लिगमा गएराति घरेलु मैदानमा म्यानचेस्टर सिटीले लेस्टर सिटीसँग ५–२ गोल अन्तरको लाजमर्दो पराजय व्यहोरेको छ । लेस्टरका लागि जिमी भार्डीले ह्याट्रिक गरे ।

जितसँगै लेस्टर प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । उसले तीन खेलमा सतप्रतिशत नतिजा निकाल्दै ९ अंकसहित शीर्ष स्थानमा पुगेको हो । पराजयसँगै सिटी दोस्रो स्थानमा छ । सन् २००५ यता म्यान्चेस्टर सिटीले पहिलो पटक घरेलु मैदानमा ५ गोल खाएको हो ।

सिटीको दुई खेलमा तीन अंक छ । यस्तै गएराति नै भएको अर्को खेलमा वेस्ट ह्यामले वुल्भ्सलाई ४–० तथा लिड्सले सेफिल्ड युनाइटेडलाई १–० गोल अन्तरले पराजित गरेको छ । त्यसैगरी टोटनह्याम र न्यूक्यासलले १–१ को बराबरी खेलेर अंक बाँडेका छन् ।