११ कार्तिक २०८२, मंगलवार
Follow Us

एनआरएन गायकको गीतमा नरेश भट्टराई र एलिजा गौतमको अभिनय

नेपालब्रिटेन डट कम्
१६ मंसिर २०७७, मंगलवार १९:३९

गायक नारायण धिताल र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘झन् झन् माया बढ्यो’ बोलको गीतको भिडियो राजधानी काठमाडौँमा पत्रकार भेटघाट कार्यक्रम गरेर सार्वजनिक गरिएको हो। संगीतकार तथा प्राज्ञ सुनिल मास्केको शब्द तथा संगीत रहेको गीतमा सचिन सिंहको संगीत संयोजन रहेको छ। संगीतकार सुनिल मास्के पछिल्लो समयका ब्यस्त संगीतकार हुन्। मास्केको संगीतमा चलेका सबै जसो गायक गायिकाले गीत गाएका छन्।

लामो समय देखि बेल्जियममा बस्दै आएका गायक तथा समाज सेवी नारायण धिताल डेढ दशक देखि नेपाली गीत संगीत क्षेत्रमा सक्रिय छन्। यस अघि धितालका थुप्रै गीत सार्वजनिक भई सकेका छन्। धितालले तिन वटा सोलो एल्बम सार्वजनिक गरि सकेका छन्। सार्वजनिक भिडियोमा संचारकर्मी,गीतकार तथा मोडल नरेश भट्टराई र एलिजा गौतमको अभिनय रहेको छ। एलिजा गौतमले छोटो समयमा नै एक दर्जन भन्दा धेरै भिडियोमा अभिनय गरि सकेकी छन्। उनले पछिल्लो समय चलेका प्राय सबै मोडलहरु संग भिडियोमा स्क्रीन शेयर गरि सकेकी छन्।

भिडियोलाई युबराज वाइवाले निर्देशन गरेका हुन्। युवराज वाइवा भिडियो निर्देशनमा पछिल्लो समय व्यस्त निर्देशक हुन्, उनले तिन सय पचास भन्दा धेरै भिडियोको निर्देशन गरि सकेका छन्। निसाल पौडेलले छायाँकन गरेको भिडियो लाइ बिकाश दाहालले सम्पादन गरेका छन्।

भिडियो सार्वजनिक कार्यक्रममा संचारकर्मी,गीतकार तथा मोडल नरेश भट्टराई,एलिजा गौतम,भिडियो निर्देशक युवराज वाइवा, निर्देशक मिलन चाम्स,निर्देशक समाजका महासचिव जनकदिप पराजुली,एसपी प्रेम कुमार श्रेष्ठ,निर्माता ज्योतिराज राइ,मिस नेपाल सुगारिका केसी लगायत बाक्लो संचारकर्मीको उपस्थिति रहेको थियो। भिडियो गायकको आफ्नै च्यानल यु ट्युब च्यानल खुसीको पल मार्फत सार्वजनिक गरिएको छ।

धेरै पढिएको