२७ बैशाख २०८१, बिहीबार
Follow Us

तनहुँमा पुल उद्घाटन गर्न कांग्रेस नेता पौडेल आज फेरि जाने

नेपालब्रिटेन संवाददाता
१८ मंसिर २०७७, बिहीबार ०५:१३

काठमाडौ । तनहुँको बुल्दी खोला पुल उद्घाटन गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज पनि जाने भएका छन् । हिजो पुल उद्घाटन गर्न पुगेका नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उद्घाटनलाई लिएर विवाद निम्तिएको सो पुल उद्घाटन आज कांग्रेस नेता पौडेलले नै गर्ने कांग्रेसले जनाएको हो ।

पौडेलले पुल उद्घाटन गर्न खोजेपछि सत्तारूढ नेकपा र प्रतिपक्षी कांग्रेसका कार्यकर्ताबीच झडप हुनसक्ने भन्दै तनहुँ प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । तर, निषेधाज्ञाकै बीच पौडेल पुल उदघाटन गर्न जान खोजेपछि प्रहरीले उनलाई तीनघन्टा नियन्त्रणमा लिएको थियो । तनहुँ प्रहरीले नेता पौडेललाई गिरफ्तार गरी हिरासतमा राखेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीलाई टेलिफोन गरी तत्काल रिहाइ गर्न माग गरेका थिए ।

पौडेल पक्राउ पछि कांग्रेस सभापति देउवाले पनि विज्ञप्ती जारी गरी देशव्यापी विरोध कार्यक्रम चर्काउने चेतावनी दिएका छन । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले आफ्नो पतनको लागि मार्ग प्रशस्त गरेको बताएका छन ।