२७ बैशाख २०८१, बिहीबार
Follow Us

अक्सिजन नपाएर पाकिस्तानमा छ जना विरामीको मृत्यु

नेपालब्रिटेन संवाददाता
२२ मंसिर २०७७, सोमबार १२:१७

लाहोर । पाकिस्तानमा समयमा अक्सिजन नपाउँदा छ जना विरामीको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये पाँच जना कोरोना भाइरस संक्रमित रहेका छन । पाकिस्तानको पेसावरस्थित खिबेर शिक्षण अस्पतालमा आवश्यक अक्सिजन नपुग्दा भेन्टिलेटरमा रहेका विरामीको मृत्यु भएको हो ।

अस्पतालमा अक्सिजनको आपूर्तिमा भएको ढिलाइको कारण दुई सयभन्दा धेरै बिरामी निकै कम आक्सिजनमा र अक्सिजन विना नै बस्न बाध्य भएका थिए । अस्पतालले अक्सिजनको अभाव हुनुलाई ‘आपराधिक लापरबाही’ भनेको छ । घटनामा दोषिलाई कामवाट निकालिएको बताइएको छ ।

नियमित अक्सिजन उपलब्ध गराउदै आएको सप्लायर्सले समयमा अक्सिजन नदिदा समस्या आएको बताइएको छ । पाकिस्तान कोरोना भाइरस संक्रमणको सामना गरिरहेको छ । पाकिस्तानमा चार लाख भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । आठ हजारभन्दा धेरैको संक्रमणको कारण मृत्यु भएको छ ।