२९ बैशाख २०८१, शनिबार
Follow Us

पूर्वराजदूत कमानसिंह लामाको निधन

नेपालब्रिटेन संवाददाता
२५ मंसिर २०७७, बिहीबार ०४:३८

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा दक्षिण कोरियाको लागि पूर्व नेपाली राजदूत कमानसिंह लामाको निधन भएको छ ।

कोरोना संक्रमणका कारण बुधबार राति उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो । उनको दुई सातादेखि सोही अस्पतालमा उपचार भैरहेको थियो ।

लामालाई प्रेसर, सुगरको समस्यासँगै मृगौला सम्वन्धी समस्या पनि थियो । उनी २०४८ सालमा तत्कालिन संयुक्त जनमोर्चा, नेपालको तर्फबाट काभ्रेबाट सांसदमा निर्वाचित भएका थिए । उनी सन् २०१२ देखि १६ सम्म दक्षिण कोरियाको राजदूत भएका थिए ।