२९ बैशाख २०८१, शनिबार
Follow Us

हिन्दु राष्ट्र माग गर्दै काठमाडौमा प्रदर्शन

नेपालब्रिटेन संवाददाता
२५ मंसिर २०७७, बिहीबार १२:५२

काठमाडौं । वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । बिहीबार सनातन संस्कृति समाज नेपालले माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन मा प्रदर्शनकारीले संवैधानिक राजसंस्था स्थापनाको माग समेत गरेका छन् । नेपाललाई अखण्ड राख्नुपर्नेमा उनीहरूको जोड थियो ।

२० मंसिरमा राष्ट्रिय नागरिक आन्दोलन समितिले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेको थियो । यहीस्थानमा १५ मंसिरमा ‘राष्ट्रिय शक्ति नेपाल’ ले पृथ्वीनारायण शाहको तस्वीर राखेर राजतन्त्रको पक्षमा जुलुस निकालेको थियो ।