२९ बैशाख २०८१, शनिबार
Follow Us

१२१७ कोरोना संक्रमित थपिए, थप १२ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२५ मंसिर २०७७, बिहीबार १२:५४

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार २ सय १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ६४ जना कोरोना संक्रमणमुक्त भएका छन ।

योसंगै अहिलेसम्म कुल दुई लाख ३१ हजार ६ सय १ जना संक्रमित निको भएका छन । कोरोना भाइरस संक्रमण पहिचानका लागि हालसम्म १८ लाख १३ हजार २ सय ४ पीसीआर नमूना परीक्षण गरिएको छ । अहिले क्वारेन्टिनमा ५ सय १५ जना बसिरहेका छन । पछिल्लो २४ घन्टामा थप १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोना संक्रमणवाट हालसम्म १ हजार ६ सय ६३ जनाको मृत्यु भएको छ ।