३० बैशाख २०८१, आईतवार
Follow Us

विश्वराज पोखरेल एआईजीमा बढुवा

नेपालब्रिटेन संवाददाता
२६ मंसिर २०७७, शुक्रबार ०३:४२

काठमाडौं । नेपाल प्रहरीका नायव महानिरीक्षक विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्ले गृह मन्त्रालयले गरेको बढुवा सिफारिसलाई सदर गर्ने निर्णय गरेको हो ।

बढुवा समितिले सरकारले थप गरेको दरबन्दीमा पोखरेललाई बढुवा गर्न सिफारिस गरेको थियो । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले अतिरिक्त महानिरीक्षक पद थप्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको भोलिपल्ट बसेको मन्त्रिपरिषद्को बैठकले पोखरेललाई अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको हो ।

बढुवा भएका पोखरेललाई प्रहरी प्रधान कार्यालयमा पदस्थापन गरिएको छ । अपराध अनुसन्धान विभागमा कार्यरत प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पाललाई भने महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ ।

अतिरिक्त महानिरीक्षकमा बढुवा भएका पोखरेल भावी प्रहरी महानिरीक्षकका एक्ला दाबेदार बनेका छन् । उनी दुई हजार ४९ चैतमा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।