२४ श्रावण २०८२, शनिबार
Follow Us

योगेश भट्टराई र प्रवासी नेपालीबीच अन्तरक्रिया

नेपालब्रिटेन डट कम्
२० पुष २०७७, सोमबार ०१:१६

लण्डन । नेकपा प्रवास समन्वय कमिटीद्वारा आयोजित नयाँ बर्ष २०२१ भर्चुअल शुभकामना आदानप्रदान कार्यक्रममा संसारभरिका नेकपा समर्थक शुभचिन्तक बीचमा बोल्दै नेकपा स्थायी समिति सदस्य तथा पूर्व मन्त्री योगेश भट्टराईले झुटो बोल्ने र गलत काम गर्ने प्रधानमन्त्रीबाट देश विदेशका नेपालीहरुले के सिक्ने भनेर प्रश्न गरेका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने असंवैधनिक कदम अधिनायकवाद तिरको यात्रा भएको भन्दै कडा आलोचना गरे । शुक्रबार भएको भर्चुअल जुम कार्यक्रममा प्रवासमा रहेका २०० भन्दा धेरै प्रबासी नेपाली एकता मञ्चका पदाधिकारीहरु उपस्थित भएर केपीओलीले गरेको प्रतिनिधि सभा विघटनको कडा आलोचना गरेका छन् ।

कार्यक्रमलाई समन्वय कमिटीका सचिव श्रीप्रसाद शाह र वेलायत एकता मञ्चका अध्यक्ष राजेन्द्र पुडासैनीले सहजिकरण गरेका थिए भने युवराज चौलागाईंको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा सुवास पोख्रेल, लक्ष्मण पन्त, राजन बस्नेत, रामहरी गैह्रे, शेषमणी शर्मा, डा कृष्ण अर्याल, सुरेन्द्र भुषाल, जिवन खतिवडा, बेलुकाजी थापा, रमिला राई, धर्मराज खतिवडा, विमल गौतम, केशव नेपाल लगायतका प्रवासका अगुवाहरुले आआफ्नो शुभकामना सन्देश दिएका थिए । सो अवसरमा प्रमुख अतिथि योगेश भट्टराईले निर्वाचनको माध्यमबाट आएको यो अधिनायकवादलाई आफ्नै स्वअध्ययनले बुझेर विचार गरेर कुन पक्ष सहि छ र न्यायसंगत छ त्यता आफ्नो विचार राख्नु हुन अनुरोध गरेका छन् ।

धेरै पढिएको