२४ श्रावण २०८२, शनिबार
Follow Us

त्रिभुवन विमानस्थलबाट ५० थान गोलीसहित एक जना पक्राउ

नेपालब्रिटेन संवाददाता
२० पुष २०७७, सोमबार ०९:१३

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा मेचीनगर–२ का बद्रीहाङ राई छन् । राई ९ एमएमको पेस्तोलको गोलीसहित पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

श्री एयरलाइन्सको जहाजबाट भद्रपुर जाँदै गरेका राईलाई चेकजाँचको क्रममा गोली फेला परेपछि विमानस्थल सुरक्षा प्रहरी कार्यालयले पक्राउ गरेको हो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

धेरै पढिएको