३१ बैशाख २०८१, सोमबार
Follow Us

प्रदेश २ मा नेकपा संसदीय दलका नेता फेरिए

नेपालब्रिटेन संवाददाता
२१ पुष २०७७, मंगलवार ११:३२

जनकपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपालले संसदीय दलको नेता फेरेको छ । संसदीय दलका नेताबाट सत्यनारायण मण्डललाई हटाएर शत्रुघ्न महतोलाई चयन गरेको छ । मंगलबार बसेको नेकपा संसदीय दलका १९ जना सांसदको बैठकले संसदीय दलको नेता हटाउने निर्णय गरेको हो ।

प्रदेश २ मा नेकपाका ३२ सदस्यमध्ये १९ जनाले मण्डललाई अविश्वास प्रस्तावमार्फत संसदीय दलका नेताबाट हटाएका हुन् । सोही बैठकले संसदीय दलका नेतामा शत्रुघन महतोलाई चयन गरेको थियो ।

मण्डल नेकपा (ओली) र महतो नेकपा (दाहाल–नेपाल) समुहकाका प्रदेश सांसद हुन् । जनकपुरस्थित प्रदेशसभा सचिवालयमा रहेका नेकपाको संसदीय दलको मंगलबार बसेको बैठकले मण्डललाई सर्वसम्मति निर्णय गर्दै दलका नेताबाट हटाइएको र महतोलाई दलका नयाँ नेता चुनिएको नेकपाका सचेतक बेंची लुङेलीले जानकारी दिइन् ।