३० बैशाख २०८१, आईतवार
Follow Us

नागरिक स्तरबाट पृथ्वी जयन्ती भब्यरुपमा मनाउन आह्वान

नेपालब्रिटेन संवाददाता
२१ पुष २०७७, मंगलवार ११:३३

काठमाडौं । २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समितिले पुस २७ गते नागरिक तहबाट हुने कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले राष्ट्रिय एकता दिवसको महत्व बुझेर कार्यक्रममा सहभागी हुन आह्वान गरेको हो ।

पत्रकार सम्मेलनमा पूर्व प्रधान सेनापति रुक्माङगद कटुवाल, अभिनेत्री मनिषा कोइराला, पूर्व डीआईजी रमेश खरेल लगायतले राष्ट्रिय स्वाभीमान बचाउन र समृद्धिको मार्गचित्र स्पष्ट गर्न दिवस एउटा सेतु बन्ने विश्वास व्यक्त गरे ।

समितिले प्रत्येक वर्ष पुस २७ गते पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउनका लागि सार्वजनिक बिदा दिन माग गरेको छ । शाहको जन्मस्थान गोरखा दरबारको संरक्षण गरी संग्राहलय बनाउन, दिव्य उपदेशलाई स्कुल र कलेजमा पढाउन र पृथ्वीनारायण शाहको तस्बिर राखी विभिन्न दरका नेपाली मुद्रा, सिक्का र नोट छाप्न पनि माग गरेको छ ।

समितिले काठमाडौँको रत्नपार्कमा पुस २७ गते विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमका लागि ‘नेपाली हामी रहुँला कहाँ नेपालै नरहे, उचाई हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे’ भन्ने मुख्य नारा तय गरिएको छ ।