काठमाडौ । नेकपा दाहाल–नेपाल समूहका नेता नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी ओली पक्षधरले राजनीतिक परिस्थितिलाई मोड्न जनताको बहुदलीय जनवादको कुरा उठाएको आरोप लगाएका छन् ।
मंगलबार काठमाडौंमा पत्रकारसँग कुरा गर्दै उनले प्रधानमन्त्री ओलीले संविधान मिचेर जबजको छाता ओढेको बताएका हुन । उनले प्रतिगमनविरूद्ध दाहाल नेपाल पक्षीय नेकपा, कांग्रेस, जसपालगायतको मोर्चाबन्दी हुने तयारी भैरहेको पनि जानकारी दिए ।