२४ असार २०८१, आईतवार
Follow Us

सामुन्द्रिक खानेकुराको बजारबाट कोभिड–१९ फैलिएको अनुमान

नेपालब्रिटेन डट कम्
२४ माघ २०७७, शनिबार १५:३८

विश्व स्वास्थ्य संगठन डब्लूएचओले चीनको वुहानमा सामुन्द्रिक खानेकुराको बजारबाट कोभिड–१९ फैलिएको अनुमान गरेको छ । हाल वुहानमा अनुसन्धानका क्रममा रहेको डब्लूएचओका विज्ञ सम्मिलत टोलीले कोभिड–१९ वुहानको सामुन्द्रिक खानेकुराको बजारबाट फैलिन सुरु गरेको तर, त्यसको उत्पत्ति भने अन्यत्र भएको अनुमान गरेको हो ।

समाचार संस्था सिन्ह्वाका अनुसार उनीहरुले कोभिड–१९ को भाइरस कहाँबाट उत्पत्ति भएको हो भन्ने बारेमा थप अनुसन्धान गरिरहेका छन् । डब्लूएचओको टिमले वुहानमा रहेको वुहान इन्स्टिच्युट अफ भाइरोलोजीको ल्याबमा अध्ययन अनुसन्धान गरेपछि पछिल्लो अनुमान सार्वजनिक गरेका हुन् । अनुसन्धानका लागि गत १४ जनवरीमा १० जना वैज्ञानिकको टोली वुहान पुगेका थिए ।

सो टोलीले अनुसन्धान कार्यालय, अस्पताल र भाइरस उत्पति भएको भनिएको सामुद्रीक खाद्यान्न बजारमा अनुसन्धान गरिरहेका छन् । सन् २०१९ को अन्त्यतिर वुहानमा पहिलोपटक कोभिड–१९ फेला परेको थियो ।