२४ असार २०८१, आईतवार
Follow Us

एनआरएनए इन्फ्रास्ट्रक्चर लिमिटेडको अध्यक्षमा जीवा लामिछाने

नेपालब्रिटेन डट कम्
२५ माघ २०७७, आईतवार १२:३५

लण्डन । गैरआवासीय नेपालीहरुको संयुक्त लगानीमा संचालित एनआरएनए इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको अध्यक्षमा पुनः जीवा लामिछाने सर्वसम्मत भएका छन् ।

कम्पनीको आइतवार सम्पन्न आठौं साधारणसभाले लामिछानेलाई पुनः आगामी कार्यकालको लागि सर्वसम्मतले जिम्मेवारी दिएको हो ।

९ जना रहेको संचालक समितिमा एनआरएनए पूर्वअध्यक्ष शेष घले, संघका कोषाध्यक्ष महेश श्रेष्ठ, पूर्वकोषाध्यक्ष हिक्मत थापा, कृष्ण पाण्डे, भरत कुमार थापा, श्रीमति संगिता केसी, अम्बिका प्रसाद पौडेल र कुल आचार्य चुनिए ।

कम्पनीले दर्दि खोला, मध्य तमोर, तल्लो लिखु, माथिल्लो माइलुगं खोला लगायतको क्षेत्रमा उर्जामा लगानी गरेको छ ।
कम्पनीमा ८ सय भन्दा बढी गैरआवासीय नेपालीले लगानी गरेका छन् ।