१८ बैशाख २०८१, मंगलवार
Follow Us

रियाल मड्रिड विजयी

नेपालब्रिटेन संवाददाता
२८ माघ २०७७, बुधबार ०५:२७

मड्रिड । स्पेनिस ला लिग फुटबलमा गएराति रियाल मड्रिडले गेटाफेलाई २–० ले हराएको छ । आफ्नै मैदानमा भएको खेलमा रियाल मड्रिडलाई विजयी गराउन करिम बेन्जमा र मेन्डीले एक एक गोल गरे ।

जितसँगै रियालले अंक तालिकाको शिर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडसँगको दूरी घटाएको छ । उसको २२ खेलबाट ४६ अंक भएको छ । शीर्ष स्थानको एथ्लेटिको मड्रिडको २० खेलबाट ५१ अंक छ भने २१ खेलबाट ४३ अंक जोडेको बार्सिलोना तेस्रो स्थानमा रहेको छ ।