१६ चैत्र २०८०, शुक्रबार
Follow Us

टेक्ससमा दर्जनौ गाडी दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु

नेपालब्रिटेन डट कम्
३० माघ २०७७, शुक्रबार ००:५५

अमेरिका। टेक्सस राज्यको राजमार्गमा दर्जनौ गाडी दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ भने कम्तिमा ३६ जना अस्पताल भर्ना भएका छन् । टेक्सस राज्यको फोर्टवर्थ शहरको ३५ राजमार्ग वेस्ट(पश्चिम)माउक्त दुर्घटना भएको हो ।

मौषमको कारण फेब्रुअरी ११ ,बिहिबार बिहान उक्त घटना भएको प्रहरीले जनाएका छन् । ड्यालस फोर्ट वर्थ र अस्टिन क्षेत्रमा सुन्य तापक्रम हुँदा बरफ थुप्रिएको र जमेको कारण उक्त दुर्घटना हुन् पुगेको छ ।

बिहिबार बिहानै ६ बजे टेक्ससको समय अनुसार दुर्घटना हुँदा ७५ देखि १०० वटा सवारी साधनहरु यसरी राजमार्गमा दुर्घटनामा परेका थिए ।

अत्यन्तै चिसो मौशम र सुन्य डिग्री भन्दा कम तापक्रम भए पछि करिव १० इन्च जति बरफ जमेको थियो ।