२४ बैशाख २०८१, सोमबार
Follow Us

कोरोना भाइरसविरुद्धको खोप लगाउँदा महिलाको प्रजनन क्षमतामा नकारात्मक प्रभाव नपर्ने

नेपालब्रिटेन डट कम्
३ फाल्गुन २०७७, सोमबार ०७:४२

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लगाउँदा महिलाहरुमा बाँझोपनको समस्या देखा पर्ने र प्रजनन क्षमतामा नकारात्मक प्रभाव पर्ने अफवाह मात्र भएको स्वास्थ्य जानकारहरुले बताएका छन् । पछिल्लो समय सामाजिक सञ्जालमा प्रजनन समस्याबारे बिभिन्न टिकाटिप्प्णी हुन थालेपछि स्वास्थ्य विज्ञले त्यसमा कुनै सत्यता नभएको प्रष्ट पारेका हुन् । सामाजिक सञ्जालमा फाइजरको खोप लगाउँदा महिलामा बाँझोपन हुने र प्रजननमा नकारात्मक असर पर्ने भन्दै विभिन्न पोष्टहरु शेयर भएका थिए ।

लण्डनस्थित किंग्स कलेजकी प्रोफेसर लुसी चापेलले खोपले बाँझोपना निम्त्याउने कुनै प्रमाण नभएको र यसले प्रजननमा असर पर्ने भन्ने कुरा पनि निराधार हल्ला मात्रै भएको बताउनुभएको छ । खोपको प्रभावकारितालाई लिएर विभिन्न अड्कलबाजी हुनु स्वभाविक भएपनि त्यसले अभियानमा गम्भीर असर पर्न सक्ने उहाँको भनाई छ । खोपले व्यक्तिको आनुवंशिक प्रणालीमा कुनै असर नगर्ने चापेलको दाबी छ ।