११ जेष्ठ २०८१, शुक्रबार
Follow Us

उत्तरगयाँमा सूचना प्रविधिसम्वन्धी कार्यक्रम

नेपालब्रिटेन संवाददाता
४ फाल्गुन २०७७, मंगलवार ०९:३९

रसुवा । रसुवा जिल्लाको उत्तरगयाँ गाउँपालिकामा ग्रामीण क्षेत्रमा सूचना प्रविधिसम्वन्धी कार्यक्रम सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्यमा कालिका एड मिडिया सर्भिसले गत बुधवार ग्रामिण क्षेत्रमा सूचना प्रविधिसम्वन्धी कार्यक्रम सम्पन्न गरेको हो ।

उत्तरगयाँ गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा ग्रमीण क्षेत्रमा सूचना प्रविधिको महत्व, यसको सदुपयोबाट लिन सकिने लाभ र दूरुपयोबाट भोग्नु पर्ने कानूनी झण्झटको बारेमा कार्यक्रममा चर्चा गरिएको थियो ।

कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका सहायक निर्देशक सूर्यप्रसाद लामिछाने र पवित्रमणि दाहालले कार्यपत्र प्रस्तुत गरेका थिए भने कार्यक्रमा कार्यपत्रका विषयमा उठेका प्रश्नको जवफ प्राधिकरणका उपनिर्देशक सन्जीव अधिकारीले दिएका थिए ।

कालिका एड मिडिया सर्भिसका अध्यक्ष सीवी खड्काको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुको उत्साहजनक रुपमा उपस्थिति थियो ।