४ असार २०८१, सोमबार
Follow Us

बागमती प्रदेशसभाको बैठक फेरि अनिश्चितकालका लागि स्थगित

नेपालब्रिटेन संवाददाता
५ फाल्गुन २०७७, बुधबार १०:५३

काठमाडौ । बागमती प्रदेशसभाको बैठक फेरि अनिश्चित कालका लागि स्थगित गरिएको छ । प्रदेशसभा बैठक आज २ बजेका लागि बोलाइएको थियो । मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध गत माघ ९ गते टेबुल भएको अविश्वासको प्रस्तावमाथि आजबाट दलगत छलफल शुरू गर्ने तयारी थियो ।

तर ‘विशेष कारण’ भन्दै अन्तिम समयमा सूचना टाँस गरेर बैठक स्थगित गरिएको हो । प्रदेशसभाका सचिव कृष्णहरि खड्काद्वारा जारी सूचनामा अनिश्चितकालका लागि प्रदेशसभा बैठक स्थगित भएको उल्लेख छ । यसअघि पनि माघ १९ गते २ बजेका लागि बोलाइएको बैठक विशेष कारण भन्दै सूचना निकालेर स्थगित गरिएको थियो ।

विना कारण बारम्बार बैठक स्थगित भएपछि दाहाल नेपाल पक्षका सांसदहरु आक्रोशित बनेका छन् । उनीहरुले सभामुख सानुकुमार श्रेष्ठको आलोचना पनि गरेका छन् ।