२३ बैशाख २०८१, आईतवार
Follow Us

सरकारसँग वार्ता गर्न विप्लव सकरात्मक

नेपालब्रिटेन संवाददाता
८ फाल्गुन २०७७, शनिबार १०:३६

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारसँग वार्ता र संवादका लागि सकारात्मक रहेको जनाएको छ । महासचिव विप्लवले शनिबार वक्तव्य जारी गरी सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग वार्ताको लागि सकारात्मक रहेको जनाएका हुन् ।

विप्लवको विज्ञप्तिमा भनिएको छ–आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग संवाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँछौं।

यसबीचमा सरकार र विप्लव समूहका नेताबीच अनौपचारिक संवाद चलिरहेको थियो । प्रधानमन्त्री र गृहमन्त्रीले विप्लव समूहलाई पनि शान्तिपूर्ण राजनीतिमा ल्याउने बताइरहेका थिए । विराटनगरमा आयोजित सभामा पनि यहीअभिव्यक्ति आइरहँदा विप्लवको वक्तव्य आएको हो ।