३० पुष २०८२, बुधबार
Follow Us

कांग्रेस पदाधिकारी बैठक भोलि बुढानीलकण्ठमा

नेपालब्रिटेन संवाददाता
१२ फाल्गुन २०७७, बुधबार १२:०९

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक भोलि पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्ने भएको छ । सभापति देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार वर्तमान राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेसले भोलि बिहीबार पार्टी पदाधिकारी बैठक बोलाइएको हो ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक भर्खर सम्पन्न भएको हो । केन्द्रीय समितिको बैठकअघि साझा धारणा बनाउन पार्टी सभापतिले पदाधिकारी बैठक डाक्ने परम्परा नेपाली कांग्रेसमा पुरानो हो । यद्यपि पार्टीले केन्द्रीय समितिको बैठक बोलाउने कुनै तयारी गरेको छैन ।

धेरै पढिएको