२४ बैशाख २०८१, सोमबार
Follow Us

८ देश ‘स्मार्ट एनआरएनए’ मा सूचिकृत

नेपालब्रिटेन डट कम्
१८ फाल्गुन २०७७, मंगलवार २०:३१

लण्डन । गैरआवासीय नेपाली संघका ७ वटा राष्ट्रिय समिति ‘स्मार्ट एनआरएनए’ मा सूचिकृत भएका छन् ।

गैरआवासीय नेपाली संघका अनुसार मंगलवार सम्म क्यानाडा, जापान, मलेशिया, न्यूजिल्याण्ड, सेसेल्स, साउथअफ्रीका, स्वीजरल्याण्ड र अमेरिका राष्ट्रिय समिति ‘स्मार्ट एनआरएनए’ मा जोडिएका हुन् । मध्यपूर्वका अधिकांस देश स्मार्ट एनआरएनएमा जोडिने तयारीमा छन् ।

संघले विश्वभर छरिएका ८० भन्दा बढी देशलाई लक्षित गर्दै ल्याएको ‘स्मार्ट एनआरएनए’ सेवा ल्याएको हो ।

स्मार्ट एनआरएनएको प्रयोगकर्ताले डिजिटल परिचयपत्र, व्यवसायीक प्रतिष्ठानमा डिस्काउण्ड, वैज्ञानिक सदस्यता वितरण प्रणाली, अनलाइन भोटिङ्ग सिस्टम लगायतका सुविधा प्राप्त गर्ने संघका सचिव गौरीराज जोशीले जनाए ।

यसैबीच गैरआवासीय नेपाली संघ यूकेले समेत ‘स्मार्ट एनआरएनए’ मा जाने तयारी गरेको छ । संघकी अध्यक्ष पुनम गुरुङ्गका अनुसार संघले पहिलो चरणमा काठमाण्डौंस्थित सचिवालयको आइटी टिमसंग कन्सल्टेशन गरिसकेको छ ।

आगामी केही हप्ताभित्र एनआरएनए युके समेत स्मार्ट एनआरएनको सेवा उपलब्ध हुने छ