१६ बैशाख २०८१, आईतवार
Follow Us

एनआरएनए यूकेकी उपाध्यक्ष राईद्धारा ५ सय स्वयंसेवकलाई निशुल्क खाना वितरण

नेपालब्रिटेन डट कम्
१५ चैत्र २०७७, आईतवार १३:३४

लन्डन । एनआरएनए यूके उपाध्यक्ष रोजिना प्रधान राईले ग्लोस्टरस्थित चर्च डाउन सर्जरीमा ‘कोभिड १९’ भ्याक्सिन दिन खटिएका स्वयंसेवकहरुलाई निशुल्क खाना उपलव्ध गराएकी छन् । राईले शनिबार करिब डेढ सय जनालाई गोर्खा करी एन्ड राइस उपलब्ध गराएकी हुन् ।

उनले त्यहां खटिने करिब ५०० जना स्वयंसेवकलाई विभिन्न चरणमा खाना खुवाउने बताएकी छन् ।

‘कोभिड १९ महामारी परास्त गर्न दिनरात खटिएका स्वयंसेवकलाई उनीहरुको निस्वार्थ सेवाको कदर गर्दै सानो कम्प्लिमेन्ट्स दिएकी हुं’, राईले भनिन्, ‘ति स्वयंसेवकहरुको मुहारमा छाएको खुशी समाजसेवामा मेरो प्रेरणाका श्रोत हुनेछन् ।’

खोप केन्द्रमा स्वयंसेवक व्यवस्थापन संयोजक डेभिड बक्नेल, काउन्सिलर ग्राहाम बकिङ र मेडिसिन प्राक्टिस म्यानेजर रिले मेलानीले खाना उपलब्ध गराएकामा राईप्रति आभार व्यक्त गरेका छन् ।

राईले दुई साता अघि रेडिङस्थित भूतपूर्व गोर्खा वृद्धवृद्धालाई ५ सय मास्क पनि वितरण गरेकी थिइन् ।