लण्डन । अन्तराष्ट्रिय बाग्लुङ्ग समाजले स्थानीय निकायसंग सहकार्य गरेर अघि बढ्ने भएको छ ।
समाजको आइतवार र्भचुअल मार्फत सम्पन्न अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले शिक्षा, स्वास्थ्य, वातावरण र खेलकुल क्षेत्रमा सहकार्य गर्न जोड दिएका हुन् ।
अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै बाग्लुङ्ग नगरपालीकाका मेयर जनकराज पौडेलले विदेशमा बस्ने नेपाली समुदयासंग मिलेर काम गरेर अघि बढ्न इच्छुक रहेको बताए । उनले बाग्लुङ्ग जिल्ला प्रसस्त सम्भवना भएको बताउँदै लगानीको लागि आग्रह गरे ।
गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माले जिल्लाको विकासमा हातेमाले गरेरअघि बढ्न सुझाव दिए । उनले जिल्लामा शिक्षा र प्रविधी विकासमा जोड दिए ।
अन्तरक्रियामा समाजका अध्यक्ष एकराज गिरीले समाज र नगरपालीका बीच सहकार्य गर्न आवश्यक सहमतिपत्र तयार गरेर अघि बढ्नको लागि विषेश प्रस्ताव गरेका थिए । सो प्रस्तावलाई मेयर पौडेलले सकरात्मक भन्दै समाजलाई आवश्यक सहयोग गर्ने, कानुनी जटीलतामा सहजीकरण गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा विश्वभर छरिएर बसेका बाग्लुङ्गे गैरआवासीय नेपालीहरुको उपस्थिती थियो ।