१४ असार २०८३, आईतवार
Follow Us

जापानमा नेपाली युवाले रचे नयाँ इतिहास

नेपालब्रिटेन डट कम्
१६ चैत्र २०७७, सोमबार १८:४२

टोकियो । नेपाली युवा किक बक्सिंग खेलाडी अबिरल घिमिरेले जापानमा नयाँ इतिहास रचेका छन्।

जापानको राजधानी टोकियोमा आइतबार भएको किक बक्सिङको विश्वचर्चित के वन भिडन्तमा जापानी खेलाडीलाई नक आउट गर्दै अबिरलले जित हात पारेका हुन्। नेपाली खेलाडीले किक बक्सिङ के वन खेलमा जित निकालेको यो पहिलोपटक हो।

हिमालयन चितुवाको नामले परिचय स्थापित गरेका अबिरल घिमिरेले जापानको राष्ट्रिय स्तरको ‘के फेस्टा’ अर्थात् ‘के वन फेस्टिवल’मा आइतबार चर्चित जापानी किक बक्सर कोतेचुलाई हराएका हुन्।

धेरै पढिएको