२७ बैशाख २०८१, बिहीबार
Follow Us

‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड’मा लगानीको अवसर, २५ लाखबाट लगानी गर्न सकिने

नेपालब्रिटेन डट कम्
२१ बैशाख २०७८, मंगलवार ०८:०७

लण्डन । गैर आवासीय नेपाली संघका कोषाध्यक्ष महेश श्रेष्ठले’ एनआरएन नेपाल डेभलपमेन्ट फण्ड’मा लगानीको लागि आह्वान गर्नुभएको छ । कोषाध्यक्ष श्रेष्ठले नेपाल सरकारसँग मिलेर स्थापना गरिएको १० अर्ब अधिकृत पुंजी रहेको ‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड’ लिमिटेडमा हालसम्म १७८ जना संस्थापकहरुले २ अर्ब ५८ करोड र नेपाल सरकारबाट रु ५० करोडको प्रतिबद्धता आइसकेको जानकारी पनि गराउनुभएको छ ।

१० अर्ब अधिकृत पुंजी रहेको ‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड ‘लिमिटेडमा हालसम्म १७८ जना संस्थापकहरुले २ अर्ब ५८ करोड रुपैया र नेपाल सरकारबाट रु ५० करोडको प्रतिबद्धता भईसकेको जानकारी पनि गराउनुभएको छ ।

गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो अध्यक्ष रहेको कम्पनीमा विदेशमा रहनुभएका गैरआवासीय नेपालीहरुले मात्र लगानी गर्न सक्नेछन् ।

संस्थापक शेयर धनी हुनका लागि न्युनतम प्रतिबद्धता रकम २५ लाख र अधिकतम प्रतिबद्धता रकम १० करोड रुपैयाँ कायम गरिएको कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

न्युनतम प्रतिबद्धता रकम २५ लाख र अधिकतम प्रतिबद्धता रकम १० करोड रुपैयाँ कायम संस्थापक शेयर धनी हुनका लागि प्रतिबद्धता पत्र पठाउने अन्तिम म्याद यहि ८ मे २०२१ सम्म रहेको पनि कोषाध्यक्ष श्रेष्ठले जानकारी गराउनुभयो ।

यस कम्पनीमा विदेशमा रहेका गैर आवसीय नेपालीहरुले मात्र लगानी गर्न सक्ने गरी छिट्टै पब्लिक शेयर आइपिओ जारी गरिनेछ जसमा ससाना रकम पनि लगानी गर्न सकिने छ।