१५ बैशाख २०८१, शनिबार
Follow Us

नेपाल बेलायतको ‘रेड लिस्ट’ मा सूचिकृत

नेपालब्रिटेन डट कम्
२४ बैशाख २०७८, शुक्रबार १६:३१

लण्डन । बेलायत सरकारले नेपाललाई ‘रेड लिस्ट’ सूचिकृत गरेको छ ।

बेलायती यातायात मन्त्री म्याट ह्यानककले शुक्रवार एक पत्रकार सम्मेलन मार्फत कोभिड १९ ले प्रभावित थप तीन देशलाई रेड लिस्टमा राखिएको घोषणा गरेका हुन् । नेपालमा कोरोना संक्रमण दर तीव्र रुपमा फैलिएपछि बेलायत सरकारले यस्तो निर्णय गरेको हो ।

पछिल्लो घोषणा अनुरुप नेपाल, टर्कि र माल्दिभ्स रेड लिस्टमा रहने छन् । कोरोना संक्रमणको उच्च दर रहेका र नयाँ भेरियेन्ट देखिएका मुलुकहरुबाट भित्रिने यात्रुलाई विशेष निगरानीमा राख्ने प्रयासमा ल्याइएको ‘रेड लिष्ट’ मा करिब ४५ वटा देश समावेश छन् ।

सरकारले अन्तराष्ट्रिय यात्राको लागि ट्राफिक लाइट प्रणालीका अनुसार देशहरूलाई ग्रिन, इम्बर र रेड लिस्टमा वर्गीकृत गरेको छ।

The green list

Portugal including the Azores and Madeira

Australia

New Zealand

Singapore

Brunei

Iceland

Faroe Islands

Gibraltar

Falkland Islands

Israel

(People returning from these countries will have to take a test before they return to the UK and one on day two after they return – but will not have to quarantine)