१५ बैशाख २०८१, शनिबार
Follow Us

जनकपुरमा एनआरएनएले आइसोलेसन सेन्टर खोल्ने

नेपालब्रिटेन डट कम्
२५ बैशाख २०७८, शनिबार १५:३७

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको सकृयतामा जनकपुरमा आइसोलेसन सेन्टर बन्ने भएको छ ।

नेपालमा कोभिड १९ को संक्रमण दिनहुँ बढ्दै गए पछि १५ हजार डलरको लगानीमा सो आइसोसोलेशन सेन्टर स्थापना गर्न लागिएको एनआरएनए अमेरिकाका महासचिव पशुपति पाण्डेले जानकारी दिए ।

गैरआवासीय नेपाली संघको शनिवार सम्पन्न आपतकालिन बैठकलाई सम्बोधन गर्दै पाण्डेले नेपालमा कोभिड १९ बिरुद्धको लडाईमा साथ दिन अमेरिकामा रहेका नेपालीहरु सकृय रुपमा आर्थिक संकलन गर्न लागेको जानकारी दिए ।

यसअघि एनआरएनए अमेरिकाले गोफण्ट मार्फत आर्थिक संकलनको शुरुआत गरेको थियो ।