२८ बैशाख २०८१, शुक्रबार
Follow Us

मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु

नेपालब्रिटेन डट कम्
२६ बैशाख २०७८, आईतवार ०४:४२

काठमाडौ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरअघि सुरू भएको बैठकले केही महत्वपूर्ण निर्णय हुनसक्ने बताइएको छ।

आजको बैठकमा वीर अस्पताललाई स्वास्थ्य मन्त्रालयले लिएर कोरोनासँग जुध्नका लागि मुख्य अस्पतालका रूपमा प्रयोग गर्ने निर्णय गरिने जानकारी दिएको छ।

कोभिडको फैलदो संक्रमणसँग जुध्नका लागि सरकारले वीर अस्पताललाई सञ्चालन गर्न लागेको हो।

स्वास्थ्य मन्त्रालयले लिएपछि वीर अस्पतालको नयाँ भवनमा कोभिडका बिरामीको मात्र उपचार गरिनेछ।

आवश्यकता अनुसार वीर अस्पतालमा रहेका ८ सयमध्ये ७०० बेडलाई क्रमशः कोभिड उपचारका लागि प्रयोग गरिने सरकारी तयारी छ।